३१ आश्विन २०८३, शनिबार

बाँदरको आतङ्कबाट जोगाइदिन पर्‍यो सरकार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smiling.monkeyमहोत्तरी,१९ कात्तिक । महोत्तरीको उत्तरवर्ती एक दर्जन गाविसमा अहिले बाँदरको समूहले आतङ्क मच्चाएको छ ।

सयौँको सङ्ख्यामा एकैसाथ गाउँ पस्ने गरेका बाँदरले पूर्व पश्चिम राजमार्गसँग जोडिएर रहेको बर्दिबास, गौरीबास, रामनगर, खयरमारा, लक्ष्मिनिया, माईस्थान, हात्तीलेट, पशुपतिनगर, बेलगाछीलगायतका गाविस र त्यसका प्रत्येक गाउँटोलमा आतङ्क मच्चाएको स्थानीय बासिन्दाले बताएका छन् ।

बाँदरको झुन्डले ती गाविसको खेतबारीमा लगाइएका अन्नपात र तरकारी बाली सखाप पार्नुका साथै मानव बस्तीमा समेत पसेर घरका सरसामान पनि खाइदिने तथा नोक्सान पार्ने गरेको लक्ष्मिनियाका लक्ष्मी महतोले बताउनुभयो ।

पहिला पहिला मानिसलाई देख्नेबित्तिकै भाग्ने बाँदर अहिले मानिसलाई लखेट्ने गरेका छन् भने एकदुईजनाले  डरले पनि बाँदरलाई धपाउन जाने अवस्था नरहेको बेलगाछीका देवनाथ महतोले बताउनुभयो ।

बाँदर आतङ्कबाट पीडित स्थानीयले महोत्तरी जिल्ला प्रशासनलाई आफूहरुको खेतबारी र घरलाई बाँदरको आतङ्कबाट जोगाइदिन माग गरेका छन् ।

पछिल्लो समयमा सरकारद्वारा सामुदायिक वन विकास, वनको संरक्षण र वन्यजन्तु चोरी(सिकारी नियन्त्रणका लागि चलाइएको जनचेतनामूलक अभियानले अनाधिकृत रुपमा वन प्रवेशमा रोक लागेपछि मानिस र वन्यजन्तुबीचको सम्पर्क टुटेर वन्यजन्तु अब गाउँ पस्न थालेको जिल्ला वन कार्यालय अधिकृत चन्देश्वर यादवले बताउनुभयो । रासस