काठमाडौँ, १८ कात्तिक । सुनिता दनुवारले सि टेन अवार्ड पाएकी छन्। विगत १८ वर्षदेखि सञ्चालनमा आएको शक्ति समूहकी संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष दनुवारले १० हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार पाएकी हुन् ।
मानव बेचबिखन र व्यवसायीक यौन शोषण विरुद्ध लड्ने विश्वभरबाट छानिएका १० जना मध्येमा उनी छानिएकी थिइन् ।
सेफियो स्टेन्बेक फ्यामिली फाउन्डेशन, वल्ड चाइल्डहुड फाउन्डेशन र रिच फर चेन्च नामक तीन संस्थाले सोमबार स्वीडेनमा आयोजना गरेको कार्यक्रममा दनुवारलाई पुरस्कृत गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया