काठमाडौँ, १८ कात्तिक । अनेरास्ववियु, नेवि संघ, अखिल (क्रान्तिकारी), मधेशी विद्यार्थी फोरम, तराई मधेश विद्यार्थी फ्रन्टसहितका ११ विद्यार्थी संगठनले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख, सभामुखलगायतलाई तोकिएकै मितिमा संविधान निर्माणको सुनिश्चितताका लागि संयुक्त रुपमा ध्यानाकर्षण गराउँने भएका छन् ।
११ विद्यार्थी संगठनको संयुक्त बैठकले आगामी माघ ८ गते भित्र जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्रिय सहमति कायम गरि संविधान निर्माण गुर्नपर्ने, भ्रष्टाचारी प्रमाणित भएको जो कोही पनि कारबाहीको भागिदार बन्नुपर्ने, अन्तराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य समयोजन गरी यातायातको भाडादर घटाई मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने जस्ता कुराको ध्यानाकर्षण गराउने निर्णय गरेको अनेरास्ववियु प्रचार बिभाग प्रमुख अशेष घिमिरेले जानकारी दिनुभयो ।
विभिन्न विश्वविद्यालयमा नेपाली शिक्षाकै बद्नाम हुनेगरी भैरहेको मनसाय प्रेरित भ्रष्टाचार अनुसन्धान प्रक्रियाप्रति पनि विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
‘केही सिमित मानिसको गल्तिको आडमा समग्र शिक्षालय नै धरापमा पर्ने र भविश्यमाथि खेलवाड गर्ने प्रवृत्तिको पनि हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी संगठनहरुले उक्त ध्यानाकर्षण पत्र संयुक्त रुपमा सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाई सकेका छन् । उनीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजे संसदीय दलको कार्यालय सिंहदरवारमा भेटेर बुझाउने तयारी गरेका छन् ।
‘प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलगायतलाई पनि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छौँ,’ घिमिरेले भन्नुभयो ।















प्रतिक्रिया