काठमाडौँ, १८ कात्तिक । पटक–पटक घोषणा हुँदै रोकिँदै आएको नेपाल विद्यार्थी संघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी कार्तिक ३० देखि मंसिर १ र २ गतेसम्म काठमाडौंमा हुने निश्चित भएपछि नेतृत्वका आकांक्षीहरुले पनि आफुलाई धमाधम प्रस्तुत गर्न थालेका छन् ।
जानकारी अनुसार अहिलेसम्म अध्यक्षमा मनोजमणि आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, क्षितिज भण्डारी, कुन्दन काफ्ले, बाबुराम कोईराला, दिपक भट्टराई, दिपक अधिकारी, निलकण्ठ रिजाल, केदार कार्की, शुभराम बस्नेतलगायतले दाबी गरेका छन् ।
त्यस्तै महामन्त्रीमा उर्मिला थपलिया, मोतिलाल भण्डारी, रामप्रसाद अधिकारी, मनोज कोईराला, सरोज थापा, रत्न कार्कीले दाबी गरेका छन् । महाधिवेशन लगत्तै सार्क शिखर सम्मेलन परेकाले भित्ते लेखन, तुल व्यानर, प्रचापम्प्लेट केही नबनाउँने भए पछि नेतृत्वका आकांक्षीहरुले संचार माध्यम र सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मार्फत आफ्नो प्रचार–प्रसार तिव्र पारेका छन् ।
अधिवेशन प्रचार–प्रसार संयोजक मोतिलाल भण्डारीले दिएको जानकारी अनुसार हालसम्म नेविसंघका ६५ जिल्लाको अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरुको नामावली पार्टीको अधिवेशन सम्पन्न गर्न गठित निर्देशन समितिलाई बुभाई सकेको छ ।
उहाँका अनुसार बाँकी रहेका जिल्ला र क्याम्पसमा आगामी कार्तिक २० गतेसम्म अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि तोकिएको छ । ‘अधिवेशन हुन नसकेका जिल्ला र क्याम्पसमा कार्तिक २० गते भित्र अधिवेशन सम्पन्न नभए अधिवेशन हुन बाँकी जिल्ला र क्याम्पसलाई थाति राखेर भए पनि महाधिवेशन सम्पन्न हुन्छ, उहाँले भन्नुभयो ।
















प्रतिक्रिया