५ कार्तिक २०८३, बिहिबार

ट्रक दुर्घटनामा सात जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hetauda.8काठमाडौं, १८ कात्तिक । मकवानपुर जिल्लाको हेटौँडा नगरपालिकामा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट इँट्टा लिएर चितवन जाँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक आज बिहान पाँच बजे हेटौँडा नगरपालिका वडा नम्बर पाँच चुरियामाइमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा नौ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक सडकको बाँया तर्फ पल्टिएको छ ।