काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ ।
निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा घटाएर १२८ रुपैयाँ तथा डिजल र मट्टितेलमा एक रुपैयाँ ६७ पैसा घटाएर १०१ रुपैयाँ ५० पैसा कायम गरेको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्डियन आयल कर्पोरेसनले यही कात्तिक १५ गते घटेको नयाँ मूल्यसूची निगमलाई पठाएको थियो । रासस
















प्रतिक्रिया