५ कार्तिक २०८३, बिहिबार

स्वास्थ्य विभागका १४ कर्मचारीविरुद्ध १ करोड १२ लाख बढीको विगोसहित मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir काठमाडौँ, १७ कात्तिक । बाल स्वास्थ्य महाशाखा टेकुका निर्देशक श्यामराज उप्रेतिसहित १४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपालका बिभिन्न जिल्लामा वालवालिकाहरुलाई लगाउने खोप लगायतका कार्यक्रमको सुदृढिकरण गर्ने अभिप्रायले यूनिसेफ र डब्लूएचओबाट प्राप्त सहयोग रकम उनीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले नक्कली हवाइ टिकट पेश गरेको, फोटोकपी मेशीन नै नभएको पुस्तक पसलमा फोटोकपीको बिल पेश गरेको, हल नै नभएको तथा हल भएता पनि कार्यक्रम नगरी हल भाडामा लिएको विवरण देखाएको जस्ता आरोप अख्तियारको छ ।

उनीहरुले स्टेशनरी तथा होटलबाट सामान तथा सेवा खरीद नगरी खरीद गरेको भनि झुटो विवरण देखाएर रकम अनियमितता गरेको पनि अख्तियारले जनाएको छ ।

यसैगरी सरकारी गाडी कार्यक्रममा प्रयोग गरेको भनि पेट्रोल समेतको झुठा बिलहरू पेश गरेको,  होटल तथा स्टेशनरी पसलबाट खाली बिल ल्याई आफू अनुकूल खर्च भएको विवरण भरी खर्च देखाएको पनि अख्तियारले जनाएको छ ।

होटल नमस्ते प्रा. लि. दोलखा, कर्नर लज एण्ड रेष्टुरेण्ट म्याग्दी, कस्तुरी होटल एण्ड रेष्टुरेण्ट कुश्मा पर्वत, द लाङ्गटाङ्ग भ्यू रिसोर्ट धुलिखेल लगायतका होटलहरुको बिलमा एकै व्यक्तिले विवरण भरेको परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको पनि अख्तियारले जनाएको छ ।

‘अख्तियारले सोमबार निकालेको विज्ञप्तिमा पेश्की फर्छर्यौटका लागि खाली बिलहरु पेश गर्ने लगायतका अनियमित तथा भ्रष्टाचार जन्य कार्य गरी बदनियतपुर्ण तवरले आफूलाई गैर कानुनी लाभ र नेपाल सरकारलाई एक करोड बाह्र लाख त्रियासी हजार तीनसय एकहत्तर रूपैयाँ गैर कानूनी तवरले हानी नोक्सानी पुर्‍याएको पुष्टि हुन आएको उल्लेख छ ।

भ्रष्टाचार बराबरको विगो कायम गरी सोमबार अख्तियारले मुद्दा दायर गरेको हो ।