५ कार्तिक २०८३, बिहिबार

दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ १७ कात्तिक । लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ ।

बेँसीसहर नगरपालिका वडा नम्बर ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो ।

प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएका थिए । ती प्राविधिकले भैँसीको पेटमा दुईवटा टाउका भएको पाडो भएको बताएपछि जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धिताललाई बोलाइएको थियो ।

पशु प्राविधिक धितालको सहयोगमा भैँसीले दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको बसौलाले बताउनुभयो ।

पाडोको घाँटीबाट दुईवटा टाउका छुट्टिएका छन् । शरीर सामान्य भए पनि पुच्छर दुईवटा छन् ।

पशु प्राविधिक धितालले आफ्नो जागिरको अनुभवमा दुई वटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक भएको बताउनुभयो । रासस