३१ आश्विन २०८३, शनिबार

अवैद्य मदिराविरुद्धको अभियानमा प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), १७ कात्तिक । पर्साको परवानीपुर प्रहरी चौकीले अवैध मदिराविरुद्ध अभियान चलाएको छ ।

सो क्रममा प्रहरीले गएराति पनि ८० लिटर घरेलु मदिरा बरामद गरेको छ । पर्साको झबराहाबाट परवानीपुरमा बिक्रीका लागि साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरीले परवानीपुर बजार क्षेत्रबाट मदिरा बरामद गरेको हो । प्रहरीको मोटरसाइकल देखेर मदिरा ढुवानीकर्ता भने फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै परवानीपुर प्रहरीले एक हप्ताभित्रमा सिटी राइड बसबाट करिब ६० लिटर मदिरा बरामद गरेको छ । सिटी राइड बसको सिटमुनि मदिरा लुकाएर ल्याउने गरेको सूचनाको आधारमा जाँच गर्दा मदिरा बरामद गरिएको चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक कुशल बुढाले जानकारी दिनुभयो । रासस