३१ आश्विन २०८३, शनिबार

८५ किलो गाँजासहित छ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ कात्तिक । ठूलो परिमाणको लागुपदार्थ गाँजासहित छजनालाई धनकुटामा प्रहरीले गएराति १२ बजे पक्राउ गरेको छ ।

को१च ७९३१ नम्बरको मारुती भ्यानमा राखेर धनकुटाबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा कोसी राजमार्गअन्तर्गत धनकुटाको बेलहरा–९ मा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले छवटा बोरामा प्याक गरिएको ८५ किलो गाँजासहित तिनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । रासस