३१ आश्विन २०८३, शनिबार

मलेसिया, साउदी र कतारमा अलपत्र परेकालाई ७ दिन भित्र नेपाल फर्काउन अख्तियारको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaysia-nepal-baideshik-rojgari
मलेसियामा अलपत्र नेपाली (फोटो : अर्जुन काफ्ले)

काठमाडौँ, १६ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा अलपत्र परेकाको बारेमा आवश्यक पहल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला निकायलाई सात दिनभित्र पहल गर्न निर्देशन दिएको छ ।

नेपाली युवा विभिन्न कारणले कारागारमा रहेको, विभिन्न रोजगारदाता कम्पनीको ठगीका कारण काम नपाई बसेको, अस्वस्थ भएको र आर्थिक अभावका कारण स्वदेश फर्कन नसकेको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मुख्यतः मलेसिया, कतार र साउदी अरब गएका नेपाली युवाको ती समस्यालाई दृष्टिगत गर्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएको रकम त्यस्ता व्यक्तिको हकहितमा परिचालन गर्न र सम्बन्धित मुलुकका नेपाली दूतावाससँग समन्वय गरी उद्धारका लागि सात दिनभित्र आवश्यक व्यवस्थाको पहल गर्न आयोगले निर्देशन दिएको छ । यसका लागि आवश्यक पहल गरी जानकारी गराउन श्रम तथा रोजगार मन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव र सम्बन्धित दूतावासलाई आयोगले सो निर्देशन दिएको हो ।