५ कार्तिक २०८३, बिहिबार

५ बर्षीया बालिका बलात्कृत, अचेत अवस्थामा बालिका छाडेर बलात्कारी फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १६ कात्तिक । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि हुन थालेको छ । विभिन्न खालका प्रलोभन देखाएर बालिका बलात्कार गर्ने घटना पनि त्यत्तिकै वृद्धि भएका छन् ।

तुलसीपुर नगरपालिका–६ कि ५ बर्षीया बालिकालाई एक युवकले चुइगम खुवाउने प्रलोभन देखाएर अपहरण गरी घोराही ल्याएर बलात्कार गरेको घटना पछिल्लो पटक  सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले बालिकालाई माइक्रो बसमा घोराही ल्याइ रातभर झाडीमा राखेर यौन दुर्व्यवहार गरेको र विहानपख छोडेर भागेका थिए ।

अलपत्र र अचेत अवस्थामा रहेकी ती बालिकालाई देखेर स्थानीयले प्रहरीमा खबर गरेपछि उनलाई उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । योनीबाट रगत बगिरहेको अवस्थामा प्रहरीले ती बालिकालाई फेला पारेको थियो ।

बालिकाको स्वास्थ्य जाँच गर्दा बलात्कार भएको पुष्टि भएको हो । ५ बर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिको भने पहिचान भएको छैन ।
बलात्कार अभियोगमा प्रहरीले अहिलेसम्म ६ जनालाई  पक्राउ गरेको छ ।