५ कार्तिक २०८३, बिहिबार

कमल थापाको अल्टिमेटमबाट बामदेव झुक्लान !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौ, १६ कात्तिक  । राप्रपा नेपालले गृहमन्त्री बामदेव गौतमलाई माफी माग्न आइतबार बेलुकी पाँच बजेसम्मको अल्टिमेटम दिएको छ ।

हिन्दु धर्मकाबारेमा गृहमन्त्री गौतमले अपमान गरेको भन्दै राप्रपा नेपालले उहाँलाई त्यस्तो अल्टिमेटम दिएको हो ।

सरकारका तर्फबाट गृहमन्त्री गौतमले माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी राप्रपा नेपालले दिएको छ । गौतमले माफी नमागेको अवस्थामा कुन खालको आन्दोलनको तयारी गर्ने भन्ने सम्वन्धमा छलफल गर्न राप्रपा नेपालले आइतबार नै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको तयारी गरेको छ ।

गृहमन्त्रीले माफी नमागेसम्म सडक र सदन दुवैमा कडा संघर्ष गर्ने चेतावनी पनि सो दलले दिएको छ ।

गृहमन्त्री गौतमले संसद्को शुक्रबारको बैठकमा महानगरपालिकाले शान्तिवाटिकामा स्वामी श्रीनिवास आचार्यको नामका धार्मिक गुरुलगायतका समूहले गत वैशाख ८ देखि निरन्तर रिले अनशन जारी राखेकामा नेपाल प्रहरीले संरक्षण गर्दै आएपनि सार्क शिखर सम्मेलनका लागि तयारी गर्ने क्रममा महानगरपालिकाले अनशनरत समूहलाई स्थान खाली गर्न अनुरोध गरेको तर त्यसलाई अटेर गरेपछि हटाएको बताउनु भएको थियो ।