काठमाडौं १६ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य फेरि घट्ने भएको छ ।
नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको हो । भारतीय वजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपछि नेपालमा पनि घटाउने तयारी गरिएको निगमले जनाएको छ । भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेलमा २ रुपैयाँ ४१ पैसा मुल्य घटेको छ ।
प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने संचालक समितिको निर्णय अनुरुप आज मुल्य घटाउने तयारी भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
















प्रतिक्रिया