महोत्तरी, १६ कात्तिक । बसले मोटरसाइकललाई ठक्कर दिँदा मेगा बैंक नेपाल लिमिटेडका कर्मचारीको मृत्यु भएको छ ।
मेगा बैंकको हरिवन शाखामा कार्यरत सर्लाही कर्मैया ४ का २८ बर्षीय प्रेमप्रसाद देवकोटाको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा–५ स्थित जङ्गलमा गए राति करिब ७ बजे काठमाडौँबाट सिरहाका लागि हिँडेको ना.४ख. ४६९७ नंको श्रीकृष्ण रथ यातायात बसले देवकोटाले चलाएको ना.२६प. ३६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक देवकोटाका र मोटरसाइकल पछाडि बस्ने एक महिलाको मृत्यु भएको हो । मृतक महिलाको भने सनाखत नभएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलले ठक्कर दिएपछि बस अनियन्त्रित हुँदा बसमा रहेका ११ जना घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए । घाइतेमध्ये धनुषाको नक्टाझिज बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान रामकुमार विकको अवस्था गम्भीर रहेको राणाले बताए । घाइतेको उपचार बर्दिवासस्थित होप अस्पताल र लालगढको मोडेल अस्पतालमा भइरहेको छ ।















प्रतिक्रिया