३१ आश्विन २०८३, शनिबार

जनजाति महासंघबाट जातीय आन्दोलन बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ काात्तिक । नयाँ संविधानमा पहिचानसहितको संघीयता हुनुपर्ने माग राखी केही आदिवासी जनजातिले सञ्चालन गर्ने आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ भने संलग्न नहुने भएको छ ।

अधिकारकर्मी पद्मरत्न तुलाधरलगायतको अगुवाइमा हुने कार्यक्रममा महासंघको पनि संलग्नता हुने आयोजकले बताए पनि महासंघका महासचिव पेम्बा गुरूङ भोटेले आफूहरु त्यस अभियानमा आबद्ध नरहेको स्पष्ट गर्नुभयो ।

महासचिव भोटेले राजनीतिक दलबीचको सहमति वा संविधानसभाले जनतालाई अधिकारसम्पन्न बनाउने गरी सङ्घीयतासहितको संविधान बनोस् भन्ने आफूहरुको चाहना रहेको र आदिवासी जनजातिमैत्री संविधान बन्नुपर्ने बताउनुभयो ।