३१ आश्विन २०८३, शनिबार

सगरमाथा आरोहणका क्रममा बेहोस भएकी पत्रकार महर्जनको स्वास्थ्य गम्भीर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalpana-maharjan

काठमाडौँ, १५ कात्तिक । सगरमाथा आरोहण अभियानमा रहेकी पत्रकार कल्पना महर्जनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अहिले सुमेरु अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सोलुखुम्बुको छ हजार ७०० मिटर उचाईको मेरापीक आरोहण गर्ने क्रममा बेहोस भएपछि त्यहाँबाट उद्धार गरी उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । लेक लागी (हाइ अल्टीच्युट सिकनेस) स्वास्थ्यमा गम्भीर समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

कल्पनाका श्रीमान् दिलभक्त महर्जनका अनुसार मेरापीक जाने क्रममा अरुण राष्ट्रिय निकुञ्जको जङ्गल टोल्के भन्ने ठाउँबाट करिब पाँच घन्टा हिँडेपछि कल्पना बिरामी परेकी थिइन् । उक्त स्थानबाट शेर्पाहरुले बोकेर टोल्केमा ल्याई शुक्रबार डाइनेस्टी हेलिकोप्टरबाट लुक्ला ल्याइएको र त्यसपछि लगत्तै गोमा एयरबाट काठमाडौँ ल्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कल्पनाको छातीमा इन्फेक्सन देखिएको छ । नेपाल पर्यटन पत्रकार मञ्च(टिजेएफ), पर्यटन पत्रकार संघले विज्ञप्तिमार्फत महर्जनका लागि आर्थिक सहयोगको आग्रह गरेका छन् ।