३१ आश्विन २०८३, शनिबार

श्रीमतीसँग झगडा परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

महोत्तरी, १५ कात्तिक । श्रीमतीसँग झगडा गरी महोत्तरीमा एकजना व्यक्तिले आत्महत्या गरेका छन् । महोत्तरी सुन्दरपुर–७ का ५० वर्षीय रामआधार यादवले गएराति विष सेवन गरी आत्महत्या गरेका हुन् ।

श्रीमतीसँग बारम्बार घरायसी विवादका कारण झगडा हुने गरेपछि तनावमा आएर यादवले गएराति ९ बजेको समयमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यादवले विष सेवन गरेको थाहा पाएपछि उपचारका लागि गौशाला ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।