३१ आश्विन २०८३, शनिबार

वीरगन्जमा पनि दुर्घटना, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), १५ कात्तिक । वीरगन्ज कलैया सडकखण्डमा गएराति १० बजे भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

कलैयाबाट वीरगन्जतर्फ आइरहेको ना २९ प ६७६८ नम्बरको मोटरसाइकल र वीरगन्जबाट कलैयातर्फ गइरहेको ना ४ प ११८५ नम्बरको मोटरसाइल सो सडकखण्डको सिसहनियामा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ना.४ प ११८५ का चालक बारा कलैया–५ का गोपाल अग्रवालको  मृत्युभएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते अग्रवालको गएराति उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनकी १५ वर्षीया छोरी सब्बी अग्रवाल र कलैया–८ का ना २९ प ६७६८ का चालक सुमन रेग्मीलाई थप उपचारका लागि गएराति नै काठमाडौँमा पठाइएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ ।