२१ कार्तिक २०८३, शनिबार

भदौ १ गतेदेखि निर्वाचन आचार संहिता लागू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लािग आचार संहिता लागू गर्ने निर्णय गरेको छ ।

असोज २ गते प्रदेश नं. २ अन्तर्गतका जिल्लाहरूमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले भदौ १ गतेदेखि निर्वाचन आचार संहिता लागू गर्ने निर्णय गरेको छ ।

भदौ १ गतेदेखि तेस्रो चरणको निर्वाचन सम्पन्न नहुँदा सरकारका मन्त्री, उच्च अधिकारी, सुरक्षा निकायलगायत विभिन्न पक्षलाई आचार संहिता लागू गरिएको हो ।