२१ कार्तिक २०८३, शनिबार

बाढीपहिरो पीडितलाई राहत बाड्न थप हेलिकप्टर परिचालनः मन्त्री गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ३१ साउन । सिचाई मन्त्री सञ्जयकुमार गौतमले बाढीले सडक भत्काएका कारण राहत वितरणमा समस्या भईरहेको भन्दै तत्काल थप हेलिकप्टरको व्यवस्था गर्न लागेको बताउनु भएको छ ।

नेपालगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले जिल्ला दैवि प्रकोप उद्धार समितिले राहत वितरणलाई सहज र प्रभावकारी बनाउन मांग गरे वमोजिम सरकारले थप हेलिकप्टर उपलब्ध गराउने बताउनु भयो ।

नेपाली सेनाको हेलिकप्टरबाट बाढी प्रभावितहरुको उद्धार तथा राहत सामग्री पुरयाउने काम भइरहेको भन्दै सिचाईमन्त्री गौतमले जिल्लाको आवश्ककता अनुसार सरकारले भोलीबाट थप अर्को हेलिकप्टरको व्यवस्था गरि राहत सामाग्री पुर्याउने कामलाई तीव्रता दिने बताउनु भयो ।

ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले राहत सामाग्री पुर्याउन कठिन भएकाले हेलिकोप्टरको आवश्यक्ता भएको उहाँको भनाई थियो । सिक्टा सिंचाई आयोजनाको लापारवाहीले राप्ती सोनारीका गाउँ डुवान भएको भन्ने जिज्ञाशामा मन्त्री गौतमले त्यस्तो कमजोरी नभएको आयोजनाले बताएको तर फल्ट देखिएमा आवश्यक कारवाही गरिने र थप सुधार गरिने पनि स्पष्ट पार्नु भयो ।