
– मिना बुढाथोकी
सल्यान, ३० साउन । एक हप्तादेखी परेको अविरल वर्षाका कारण जिल्लाका ९ वटा घरमा क्षति पु¥याएको छ । यस्तै १५ घर डुबानमा परेका छन । जिल्लाको विभिन्न क्षेत्रमा परेको अविरल वर्षाका कारण ९ घरमा क्षति पु¥याउनुका साथै १५ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
अविरल वर्षाका कारण कालिमाटि गाउपालिकामा ७ घर, कपुरकोट गाउपालिका–४ मा एक घर, शारदा नगरपालिका – १२ मा एक घरमा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भयो ।
यस्तै कालिमाटी गाउँपालिकाको घुईयाबारीमा रहेका १५ घर डुबानमा परेका छन । घर डुबानमा पर्दा पिडितहरु विस्तापित भएका छन । घरमा पानीले क्षति पु-याएपछि सुरक्षित स्थानमा आस्रय लिएर बसेको पिडितहरुले बताएका छन ।
वर्षाका कारण घरमा रहेका खाद्यान्नका साथै लत्ता कपडा सबै डुबानमा परेको पिडितहरुले जानकारी दिएका छन । अविरल वर्षाले घरमा क्षति पु¥याउदा विस्थापित भएका मध्ये बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन ।
बर्षाले पानीका मुहानहरु पुरिदा पिडितहरु प्रदुषित पानी पिउन बाध्य भएका छन । विस्थापित भएका हरुको नाम भने खुल्न नसकेको जनाईएको छ । अविरल वर्षाका कारण घटना स्थलमा गई एकिन विवरण लिन समेत समस्या भएको प्रशासनले जनाएको छ । वर्षाका कारण जिल्लाको विद्युतमा समेत समस्या देखिएपछि घटनास्थलमा फोन सम्पर्क गर्न समेत गाह्रो भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।












प्रतिक्रिया