२१ कार्तिक २०८३, शनिबार

बाढी र डुबानले सिरहाका दर्जनौं सडक भत्किए

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ३० साउन । लगातारको बर्षाले विभिन्न नदीमा आएको बाढीले सिरहाका दर्जन बढी सडक भत्काएको छ । सडक भत्केपछि सर्वसधारणले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था छैन् । सिरहा सदरमुकामबाट जिल्लाका दर्जनौं गाउँको सम्पर्क विच्छेद भएको छ । सडक नै भत्केपछि कतिपय गाउँमा एम्बुलेन्स पनि पुग्न सक्दैन् ।

सिरहाको जिरोमाइल बरियारपट्टी सडक सुखिपुरमा भत्काएको छ । यस्तै हुलाकी सडक सिरहाको औरही, भगवतीपुर गरी तीन ठाउँमा भत्केको छ । सिरहा सदरमुकामबाट माडर जाने बाटो समेत बाढीले बगाएको छ । यस्तै प्रेमनगरबाट गौताडी जाने सडक पनि बाढीले बगाएको छ । सिरहा सदरमुकामबाट कल्याणपुर जाने बाटो समेत ठाउँ ठाउँमा भत्केको छ ।

भत्केका सडकहरुमा यतिबेला कुनै पनि यातायातका सवारी साधान चल्न सकेका छैन् । बाढी कम भएपछि केहि सडकमा भने मोटरसाइकल मात्र चलेको छ । कतिपय सडक भत्केको ठाउँमा स्थानीय यूवाहरुले बाँसको पुल बनाएका छन् । ति पुलहरुमा मानिसलाई पार हुन १० र मोटरसाइकल पार गर्न रु. १ सयसम्म लिने गरेका छन् ।

यस्तै मिर्चैया नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग भएर पनि पानी बगेपछि राजमार्ग नै भत्किन लागेको छ । करिब सय मिटर जति राजमार्गको कालोपत्रे पानीले उप्काइदिएको छ भने माटो कटान गरिरहेको छ । बर्षाको पानीको निकासको व्यवस्थापन गर्न नसके मिर्चैयामा पूर्वपश्चिम राजमार्ग कटान भएर अवरुद्ध हुने खतरा देखिन्छ ।

यस्तै बाढी गाउँपसेपछि जिल्लाका ४० भन्दा बढी पोखरीको माछा बगेको छ । माछा बगेपछि ठेक्का लिएका ठेकेदारहरु समस्यामा परेका छन् । लहान नपा १२ स्थित मानिकदहमा तीन बर्षका लागि पोखरी (दह) ठेक्का लिएर रबिशंकरले करिब एक करोडको माछा बाढीले बगाएको जानकारी दिए ।