२१ कार्तिक २०८३, शनिबार

जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ ।

जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो ।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा (माओवादी केन्द्र)बाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी , गीता जोशी तथा नेकपा (माओवादी केन्द्र)का कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो । रासस