२१ कार्तिक २०८३, शनिबार

प्रगतिशील समूहको कब्जामा गुल्मी बार, अध्यक्षमा खनाल निर्वाचित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, ३० साउन । नेपाल वार एशोसियसन गुल्मीको अध्यक्षमा प्रगतिशील समुहका गोपालप्रसाद खनाल निर्वाचित भएका छन ।

खनालले अध्यक्षका अर्को प्रत्यासी प्रजातान्त्रिक समुहका भीमलाल न्यौपानेलाई २ मतले पराजित गरेका छन् । त्यस्तै उपाध्यक्षमा वोमलाल भण्डारी निर्विरोध निर्वाचित भएका थिए ।

सचिवमा खनाल प्यानलका वेदप्रसाद कुँवर, कोषाध्यक्षमा टुकप्रसाद कुँवर विजयी भएका छन् । बारको सदस्यहरूमा पनि क्रमशः खनाल प्यानलकै चिरञ्जीवी शर्मा, जीवलाल पाण्डे, हीराबहादुर अर्याल र होमबहादुर केसी विजयी भएका छन् ।

न्यौपाने प्यानलका सदस्यहरुमा अच्युतराज पन्थी, गुणनिधी शर्मा, विष्णुप्रसाद वलाल, हरिप्रसाद पाण्डे र प्रेमराज आचार्य विजयी भएका हुन ।

कुल २६ जना कानून ब्यवसायी रहेको गुल्मी वारमा २४ जनाले मतदान गरेका थिए । नेपाल वार एशोसियसन गुल्मीमा पहिलो पटक प्रगतिशीलले कानून ब्यवसायीले नेतृत्व पाएका छन् । अध्यक्ष सहित सबै पदको लागि शनिवार निर्वाचन भएको थियो ।