चितवन, २९ साउन । वाढीले पूर्वी चितवनको जनजीवन प्रभावित भएपछि आइतवार विहानदेखि क्षेत्र नं. १ का सांसद सुरन्द्र पाण्डे प्रभावितहरुका उद्धारमा खटिएका छन् ।
पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेपछि त्यहा फसेका स्वदेशी विदेशी पर्यटकहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लैजानको लागि सुरक्षा निकाय तथा आपतकालिन संयन्त्रलाई निर्देशन दिएर आफै प्रभावित क्षेत्रमा पुगेका हुन् । सौराहाको चित्रसारीमा पुगेर स्थानीयलाई सान्त्वना दिदै सुरक्षाको प्रत्याभुति दिनको लागि आफूले काम गरेको बताए । सौराहा क्षेत्रमा रहेका पर्यटकलाई ल्याउनको लागि हात्ती, डुंगा, आवश्यक अन्य सामग्रीको उपलब्ध गराइ ल्याउने कार्यमा जुटेका हुन् ।
त्यस्तै गरी पूर्वी चितवनको कुमरोजमा डुवानमा परेको २० घरको उद्धार गरिएको नेता पाण्डेले जानकारी दिए । विहान ६ बजेदेखि खटिएका पाण्डे पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा, मझुइ, विरेन्द्रनगर लगायतको स्थानमा स्थलगत अवलोकन गरेका छन् । बाढीमा फसेकाहरुको उद्धारका लागि नेपाली सेना, शशस्त्र र जनपथ प्रहरी परिचालन भैरहेको भन्दै पाण्डेले आवश्यक सवै स्रोत परिचालन गरिने वताए । उनले अधिकतम स्रोत साधन प्रयोग गरेर उद्धार भैरहेको जानकारी दिए ।
उद्धारमा कुनै किसिमको कमी हुन नदिनको लागि आफै प्रभावित स्थानमा वसेर काम गराएराखेको जानकारी दिए ।















प्रतिक्रिया