२१ कार्तिक २०८३, शनिबार

जिल्ला समन्वय समिति उदयपुरमा एमालेको प्यानलै निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २९ साउन । जिल्ला समन्वय समिति उदयपुरमा नेकपा एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । आईतबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता कार्यक्रम रहेकोमा अन्य कुनै पनि दलबाट मनोनयन दर्ता नभएएपछि मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

समन्वय समितिको प्रमुखमा एमालेका खड्गबहादुर परियार, उपप्रमुख गंगा राईसहितको प्यानल नै निर्बिरोध निर्बाचित भएको हो । समितिको सदस्यहरुमा कुलबहादुर खपांङी, खड्गबहादुर राउत, बोधबहादुर थापा मगर रहेका छन् । महिला सदस्यहरुमा इश्वराकुमारी पौडेल, जानकी बराल, मिनाकुमारी राई रहेका छन् भने दलित तथा अल्पसंख्यकको तर्फबाट चिनबीर दनुवार निर्बिरोध बनेका छन् ।

निर्वाचित प्रमुख र उप्रमुखलाई आईतबार साँझ ५ बजे नै मुख्य निर्वाचन अधिकृत कार्कीले र बाँकी सदस्यलाई प्रमुख परियारले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । आईतबार मनोनयन कार्यक्रमको दुईदिनपछि निर्बाचन कार्यक्रम रहेकोमा निर्बिरोध भएपछि आईतबार नै सबैलाई प्रमाणपत्र तथा सपथग्रहण गराइएको हो । दिनभरीको बर्षातको बाबजुद एमालेका उम्मेदवारहरु सबैले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचनसँगै प्रमुख परियारले जिल्लाका जनताको भावनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लाको समग्र विकास र जनताका चाहनाअनुरुपका कामलाई प्राथामिकतामा राखेका काम गर्ने बताए ।