३१ आश्विन २०८३, शनिबार

एमाले कैलालीमा चरम विवाद, भीम रावल उपस्थित बैठक नै बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-original

धनगढी, १४ कात्तिक । नेकपा एमाले कैलालीमा चरम विवाद बढेपछि पार्टी उपाध्यक्ष भीम रावल उपस्थित बैठक समेत बहिष्कार गरिएको छ ।

जिल्ला कमिटी सदस्यहरुको मनोनयनको विषयलाई लिएर असन्तुष्ट पक्षले बिहीबारको बैठक बहिष्कार गरेको हो । पार्टी अध्यक्ष दीर्घ सोडारीले पार्टीको विधान र पद्धति विपरीत गत भदौमा आठजनालाई जिल्ला कमिटीमा मनोनित गरेको भन्दै असन्तुष्ट पक्षको आरोप छ ।

विवाद बढ्दै जाँदा बिहीबार डाकिएको जिल्ला कमिटी बैठक जिल्ला उपाध्यक्ष रतन थापा, सचिव रणबहादुर चन्द, सहसचिव नेपालु चौधरी, सदस्य बिष्णु चन्द, सचिवालय सदस्य यज्ञराज बाँस्तोलालगायतका पदाधिकारीले बैठकसमेत बहिष्कार गरेका छन् ।

पद्धति र प्रक्रिया मिचेर मनोनीत गरिएका पदाधिकारीलाई केन्द्रीय उपाध्यक्ष भीम रावलको उपस्थितिमा वैधता दिन बैठक डाकिएकाले आफूहरुले बैठक बहिष्कार गरेको सचिवालय सदस्य बाँस्तोलाले बताउनुभयो । जिल्ला अध्यक्षले मनोमानी ढङ्गले कार्यसमितिका सदस्यहरुलाई मनोनीत गरेका कारण कार्यसमितिमा विवाद बढेको जानकारी केन्द्रीय उपाध्यक्ष भीम रावललाई गराइएको बाँस्तोलाले बताउनुभयो ।

जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय उपाध्यक्ष रावल प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । एमाले जिल्ला कार्यसमिति ७२ सदस्यीय छ ।