३१ आश्विन २०८३, शनिबार

बिरामी लिन गएको हेलिकप्टर आफै बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fishtail_Air_
डोल्पा, १४ कात्तिक । डोल्पाको लेकमा अलपत्र परेको विरामी लिन गएको हेलिकप्टर आफै बिग्रेर छ दिनदेखि अलपत्र परेको छ ।

डोल्पा सदरमुकाम दुनैदेखि साठी कोष टाढा पर्ने साल्दाङ गाविस र से–फोक्सुन्डो गाविसका बीचमा पर्ने ङाङ्ला लेकमा गत छ दिनअघि बिरामी परेका विदेशी नागरिक लिन पुगेको फिस्टेल एअरको हेलिकप्टर बिग्रेको हो । हेलिकप्टरको पछिल्लो भागमा खराबी आएपछि हेलिकप्टर उड्न नसक्ने अवस्थामा पुगेकोे छ । हेलिकप्टर मर्मतका लागि गत चार दिनदेखि प्राविधिक बोलाई निर्माणकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

उक्त ठाउँमा एकदमै चिसो र बस्न नसकिने भएकाले मर्मतका लागि बिहान अर्को हेलिकप्टरमा जाने अनि बेलुकी सोही हेलिकप्टरबाटै सदरमुकाम दुनै झर्ने गरेको र मर्मत गर्न अझै एक दिन लाग्ने जनाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताउनुभयो । बिरामी परेका विदेशी नागरिकलाई भने अर्को हेलिकप्टरबाट उद्धार गरिएको छ ।