चितवन, १४ कात्तिक । गैँडाको खाग तस्करीमा कैद सजाय पाएर फरार हुँदै आएका एक व्यक्तिलाई पक्राउ गरी चितवन निकुञ्जले कारागार चलान गरेको छ ।
निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले मकवानपुर हाँडीखोला–४ बस्ने विजय लामा गोलेलाई पक्राउ गरी कारागार चलान गरिएको आज जानकारी दिनुभयो ।
उनीविरुद्ध तीनवटा मुद्दाको फैसला भइसकेको निकुञ्जले जनाएको छ । गैँडा मारी खाग बिक्री–व्यवसाय गरेको आरोपमा गएको असार १७ गते पछिल्लो फैसला भएको थियो । उक्त फैसलामा १४ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ ।
यस्तै निकुञ्जले खाग तस्करीकै मुद्दामा एकपटक १२ वर्ष कैद र एक लाख जरिवाना तथा अर्काे पटक पनि १५ वर्ष कैद सजाय सुनाइसकेको निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया