३१ आश्विन २०८३, शनिबार

बलात्कार घटनालाई पैसामा दबाउने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

झापा, १४ कात्तिक । छिमेकीबाट बलात्कृत भएकी झापा जलथल–८ निवासी ११ वर्षीया एक बालिकाका अभिभावकलाई पीडक पक्षले पैसाको आडमा दबाउन खोजेको खुलासा भएको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको अधिकारकर्मीलाई बताएपछि यो खुलासा भएको हो ।

जलथल निवासी भुवन बाँस्कोटाका अनुसार असोज २३ गते गौतमले बालिकालाई घरमा कोही नभएको मौका छोपी मोबाइलमा राखिएको अश्लील भिडियो देखाउँदै यौनशोषण गरिएको हो ।

बालिकालाई गौतमले यौनशोषण गरेका बेला पीडित बालिकाले चिच्याएपछि स्थानीय अर्की बालिकाले देखेर गाउँलेलाई खबर गरेलगत्तै गौतमलाई गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता पीडक गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर ५० हजारमा मुद्दा नमिलाए ज्यान मार्ने धम्की दिएको पीडित पक्षले अधिकारकर्मीलाई बताएसँगै घटना सार्वजनिक भएको हो ।

एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद  खरेल र युथ एक्सन झापा संयोजक दीपक दासको नेतृत्वमा अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुसन्धानसमेत गरेको बताएको छ ।

अधिकारकर्मी खरेलका अनुसार आरोपित गौतमले बालिकालाई बलात्कार गरेका कारण बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।