१० मंसिर २०८३, बिहिबार

दुई नं. प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री कोइराला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

सोही अवसरमा उहाँले स्थानीय तहको बाँकी २ नं प्रदेशको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बनेर मुलुकको विकासलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।

महामन्त्री कोइरालाले अब स्वदेशमै रोजगारीको सिर्जना गरी लाखौँ युवालाई रोजगारी प्रदान गर्ने योजना बनाउन लागेको बताउनुभयो ।

कार्यक्रममा डा कोइरालाले जनप्रतिनिधिले योजना बनाउँदा किसानको परिवारलाई मध्यनजर गरेर योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । रासस