३१ आश्विन २०८३, शनिबार

भ्रष्टाचार गर्ने गाविस सचिवविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ga-Bi-Sa-Sachibकाठमाडौं, १३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको दीघवा गाविसका सचिव नारायण यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सचिव यादवसँग तीन लाख ८७ हजार छ सय विगोसहित मुद्दा दायर गरेको हो ।

उनले आर्थिक वर्ष २०६७/६८ मा जेष्ठ नागरिक, एकल महिला, विधवा, अपांग तथा विपन्न नागरिकलाई वितरण गर्नुपर्ने रकम आफू कुम्याएको अख्तियारको दावी छ ।

अख्तियारले भ्रष्टाचार ऐन २०५९ को दफा १७ उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।