
काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ११ बजेपछि राजपाको बैठक सुरु हुनेछ । बैठकमा करिव ८ सय केन्द्रीय सदस्यहरू सहभागी हुने महासचिव केशव झाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । एकीकृत पार्टीको विधानलाई अनुमोदनका लागि पनि पेश गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ठाकुरले संविधान संशोधन नहुँदासम्म यथाअवस्थामा चुनावमा सहभागी नहुने प्रस्ताव गर्नुभएको छ ।
बैठकमा असन्तुष्ट पक्षका नेताहरू हृदयश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तासहितका नेताहरू पनि सहभागी हुने जनाइएको छ ।











प्रतिक्रिया