१० मंसिर २०८३, बिहिबार

राजधानीको स्कूलबाटै बालकको अपहरण गर्ने योजनाकारसहित दुई पक्राउ

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । राजधानीको स्कूलबाटै बालकको अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु घर भई हाल असनमा ब्यापार गर्दै आएका विजय चौधरीको ५ वर्षीय छोरा बिशाल चौधरीलाई साउन १२ गते क्षेत्रपाटी, पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलको गेटबाट अपहरण गरी ५० लाख फिरौती माग्ने घटनाका मुख्य योजनाकार राजु विक र विष्णु पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उदयपुरबाट र रामेछापबाट शुक्रबार पक्राउ गरेको हो ।

अपहरणमा परेका बालकलाई अपराध महाशाखाको अनुसन्धान टोलीले साउन १६ गते काँडाघारीबाट सकुशल उद्दार गरेको थियो ।

अपहरणका संलग्न दुबै जनालाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

अनुसन्धानबाट खुलेका कुराहरू :

– आर्थिक अभावको कारण राजु वि.क.ले आफ्नै नजिकको साथी विजय चौधरीको छोरा विशाल चौधरीको विगत १ महिना अगाडिबाट अपहरण गर्ने योजना बनाएको ।

– सोही योजना अनुसार राजु वि.क.ले अपहरणको लागि आवश्यक मेन पावर, सवारी साधन र मोवाईल फोन व्यवस्था गरेको ।

– मिति २०७४।०४।११ गते राजुले चावहिल स्थित सौगात श्रेष्ठबाट प्रतिदिन रू.१५ सयको दरले ४ दिनको लागि मो.सा.भाडामा लिई ऐ.१२ गते अं.१५:४५ बजेको समयमा विष्णु पाण्डेलाई साथमा लिई बालक अध्ययन गर्ने स्कुलको गेटबाट अपहरण गरी लगेको ।

– अपहरण गरी का.जि.कागेश्वरी मनहरा न.पा.वडा नं.९ गोठाटार स्थित मोतिलाल थापाको घरमा डेरा गरी बस्ने विष्णु पाण्डेको बहिनी अनिता के.सी.को डेरामा लगी बन्धक बनाई राखेको ।

– बालक अपहरण भएको २ दिन पश्चात: अपहरणकारीहरूले रू.५० लाख फिरौती रकम माग गरेको ।

– अपहरणकारीहरू बस्ने स्थानको पहिचान गरी ब्यापक खोजतलास तथा विभिन्न स्थानको चौतर्फी छापामारे पश्चात:अपहरणकारीलाई दबाव आई पिडित बालकलाई काँडाघारीबाट अपहरण मुक्त गर्न बाध्य भएको ।