३१ आश्विन २०८३, शनिबार

दाहसंस्कार गरेको तीन दिनपछि शव उत्खनन, पत्नीले पतिको हत्या गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

खोटाङ, १२ कात्तिक । दाहसंस्कार गरेको तीनदिनपछि खोटाङमा एक व्यक्तिको शव उत्खनन् गरिएको छ ।

आफ्नै श्रीमतीले खुकुरी प्रहार गरी हत्या गरेको खुलासा भएपछि सुङ्देल–४ का ४६ वर्षीय जीतमान राईको शव उत्खनन् गरिएको हो ।

घरायसी विवादमा राईका श्रीमती राधिका राईले आइतबार खुकुरी प्रहार गर्दा मृत्यु भएको पत्ता लागेपछि प्रहरीले बुधबार शव उत्खनन् गरेको हो । दाहसंस्कार गरिएको राईको शव उत्खनन्पछि जाँच गर्दा घाँटीमा खुकुरीको चोट देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।

श्रीमानको हत्या गरेको खुलासा भएपछि प्रहरीले राधिकालाई बुधबारै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी उनले आफैले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका श्रीमानलाई खुकुरी प्रहारगरी हत्या गरेपछि सोमबार बिहान आफैले मृत घोषणा गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार जीतमानको शव सोमबार दाहसंस्कार गरिएको थियो । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिने छ । रासस