काठमाडौं, १२ कात्तिक । प्रमुख सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान निर्माणका विवादित विषयमा कात्तिक १५ गते भित्र सहमति नभए प्रक्रियामा जाने बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको द्धिपक्षीय वार्तामा तोकिएको समयभित्र सहमति नभएमा कसरी अघि बढ्ने भन्ने विषयमा दुवै दलबीच छलफल भएको काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले बताउनुभयो ।
बैठकमा संविधानका विवादित विषयहरु सङ्घीयता, राज्यको पुनःसंरचना, न्याय र निर्वाचन प्रणालीका बारेमा छलफल हुनुका साथै सहमतिका लागि बिहीबार बिहान पुनः दुई दल र तीनदलको बैठक बस्ने सहमहामन्त्री खडकालेजानकारी दिनुभयो ।
विवादित विषयमा सहमति जुटाउन संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई अन्तिम पटक भन्दै तेस्रोपटक यही कात्तिक १५ गतेसम्मको समय दिएको थियो ।
















प्रतिक्रिया