बनेपा, १२ कात्तिक । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको अडान चार वटा प्रदेश नरहेको संकेत गर्नुभएको छ ।
बनेपामा बुधबार आफू पक्षधर कार्यकर्तासँगको भेटमा उहाँले स्पष्ट बोल्न चाहुनभएन । के को आधारमा चार प्रदेशको कुरा आयो भन्ने कार्यकर्ताको जिज्ञासामा नेपालले यत्ति भन्नुभयो, “अध्यक्षलाई लाग्यो उहाँले भन्दिनु भो ।” केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले चार प्रदेशको पक्षमा रहेको बताउनुभएको थियो ।
नेता नेपालले एमाओवादीको अनावश्यक अडानले संविधान निर्माणमा बाधा पुगेको बताउनुभयो । उहाँले संविधान निर्माण वीरवलको खिचडी जस्तो हुने त होइन् भन्ने आशंका गर्नुभयो ।
संविधान निर्माणको माघ ८ गतेको समयसीमालाई कसैले पनि उल्लङ्घन गर्न नहुनेमा जोड दिँदै नेता नेपालले लोकतन्त्रको अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा सम्झौता नहुने उल्लेख गर्नु भयो ।
















प्रतिक्रिया