३१ आश्विन २०८३, शनिबार

भाइटीकाको दिन बलात्कार गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape1

मोरङ, १२ कात्तिक । तिहारको समयमा घरमा एक्लै भएको मौका छोपेर मध्यराति १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक प्रौढलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको मधुमल्ला–२ घर भएका ४७ वर्षीय कीर्तिमान राईलाई पीडित परिवारको किटानी जाहेरीमा पक्राउ गरिएको हो । तिहारमा भाइटीकाको रात घरमा एक्लै भएका बेला रक्सी खाएर पुगेका राईले डरत्रास देखाएर बालिकालाई बलात्कार गरेका थिए ।

पीडित बालिकाले भोलिपल्ट परिवारलाई घटनाबारे सुनाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिइएको थियो । आरोपी राईलाई सोधपुछका क्रममा आफूले रक्सीले मातेको सुरमा बलात्कार गरेको स्वीकार गरेका छन् । हाल पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका उर्लाबारीले जनाएको छ ।

यसैगरी, धर्म छोरीलाई यौन दुराचार गर्ने गरेको आरोप लागेपछि फरार भएका विराटनगर–११ का गोपाल शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै मानव अधिकारकर्मी संस्थाले विरोध गरेका छन् । आरोपित शर्मा ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष हुन् ।