मोरङ, १२ कात्तिक । १३ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौका पारी बलात्कार गर्ने एक जना प्रक्राउ परेका छन् ।
मधुमल्लाका ४७ वर्षीय कीर्तिमान राई भाइटीकाका दिन किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
टिकाकै दिन राति करिब १० बजे राईले छिमेकी ती किशोरीलाई बारीमा लगेर बलात्कार गरेका थिए । गरेको पीडितका आफन्तले बताए ।
बलात्कृत किशोरीलाई उपचारका लागि अञ्चल अस्पताल बिराटनगरमा भर्ना गरिएको छ । पीडित किशोरीको अवस्था नाजुक रहेको डाक्टरले बताएका छन् ।
आमा मावल गएको र बुबा देउसी खेल्न गएको मौका पारी राईले बलात्कार गरेको थिए ।















प्रतिक्रिया