३१ आश्विन २०८३, शनिबार

विदेशी लगानीको सुरक्षा सरकारले गर्छ: मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh_basnetकाठमाडौँ, ११ कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले विदेश लगानीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ ।

मित्रराष्ट्र चीनका उद्योगी तथा व्यवसायीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री बस्नेतले विदेशी लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले निर्धक्क लगानी गर्न आग्रह गर्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई निर्धक्क भई लगानी गर्न आग्रह गर्दै विदेशी लगानीलाई राष्ट्रियकरण नगरिने नीति रहेको र तिनको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो ।

उद्योगमन्त्री बस्नेत, सहसचिव यमकुमारी खतिवडालगायतसँग उद्योग मन्त्रालयमा भएको छलफलमा चीनका व्यवसायीहरुले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।

जबाफमा मन्त्री बस्नेतले मुलुकमा विदेशी लगानी भित्र्याएर औद्योगिक गतिविधि फैलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वैदेशिक लगानी प्रवद्र्धनका लागि अहिले नयाँ विधेयक निर्माणको क्रममा रहेको, त्यसमा कृषि, पर्यटन, ऊर्जा, खनिजजन्य पदार्थलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

लि टेककिनको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले पर्यटन तथा विद्युतीय क्षेत्रमा लगानी गर्न बढी इच्छा देखाएका थिए ।