काठमाडौं, ११ कात्तिक । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै रिले अनसन बसिरहेकाहरुलाई प्रहरीले हस्तक्षेप गरी केही अनसनकारीलाई पक्राउ गरेपछि रत्नपार्कमा तनाव भएको छ ।
श्रीश्रीश्री स्वामी निवास आचार्य तथा उनका समर्थक रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनसन बसेका बेला प्रहरीले हस्तक्षेप गरेको हो ।
बैशाख ८ गतेदेखि स्वामी निवासको नेतृत्वमा त्यहाँ रिले अनसन चल्दै आएको छ।
महानगरपालिकाले प्रहरीको सहयोगमा मंगलबार बिहान सातजना अनसनकारीलाई पक्राउ गर्नुका साथै प्रहरीले रिले अनसनका लागि बनाइएका पाललगायतका संरचनासमेत हटाएको थियो।
त्यसको विरोधमा प्रदर्शनकारीले धर्मनिरपेक्षता खारेज गर, गौहत्या बन्द गर, गृहमन्त्री राजीनामा दे, मौलिका संस्कृति मास्न पाइदैन, ओमकार परिवार हौं, धर्म परिवर्तन गर्नेलाई कारबाही गर जस्ता नारा लगाएपछि रत्तपार्क झन तनावग्रस्त भएको हो ।















प्रतिक्रिया