३१ आश्विन २०८३, शनिबार

कारको ठक्करबाट एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ (फिस्लिङ), ११ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत धादिङको फिस्लिङमा मंगलबार कारले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

सो दुर्घटनामा घाइते भएका स्थानीय सागर गुरुङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा परेका सागरका एक वर्षीय छोरा र मनु गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

बुटवलबाट काठमाडौँ आउँदै गरेको बा१० प ९१४ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको थियो।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण पृथ्वीराजमार्गको सो खण्ड अहिले जाम भएको छ। रासस