
काठमाडौं, १२ साउन । टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरूलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरेर खड्काले नेपालको बियरको बजारलाई भारतमा विस्तार गर्नुपर्ने बताउनुभयो ।
बिगतमा भारतीय सरकारलाई १७ अर्ब मूल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै खड्काले दुई आर्थिक वर्षमा १ अर्ब २० करोड नेपाल सरकारलाई राजश्व तिरेको समेत जनाए ।
उनले भने, ‘बरु प्रधानमन्त्री शेरबहादुर देउवाजीको आसन्न भारत भ्रमणका बेला नेपाल र भारतकाबीचमा व्यापार सम्बन्धि प्रभावकारी सम्झौता गर्नको लागि प्रधानमन्त्री देउवाजीलाई म विशेष आग्रह गर्दछु ।’
उनले नेपाली बियर भारतीय बजारमा निर्यात भए नेपाललाई वार्षिक दुई अर्ब नाफा हुने समेत स्पष्ट पारे । उनले भने, ‘भारतसँग असाध्यै धेरै व्यापार घाटा छ, त्यसैले नेपाली बियरहरुलाई भारतीय बजारमा समेत निर्यात गर्ने वातावरण बनोस्, नेगेटिभ लिष्टबाट हटाईयोस् भन्ने हाम्रो माँग हो ।’
सञ्चालक खड्काले भने, ‘भारतमा बसेर पेशा व्यवसाय चलाइरहँदा मेरो मनमा स्वदेशमा गएर केही गरौं भन्ने लाग्दथ्यो, त्यही भएर म नेपालमा आएर टेन्सबर्ग नामक वियर कम्पनी खोले, आज स्वदेशी उत्पादकको प्रयोग बढिरहेको अवस्था छ, त्यस्तै हामीले थुप्रै देशमा निर्यात गरेका छौँ, हाम्रो नजिकै रहेको भारतमा नेपाल सरकारले निर्यात गर्दा स्वदेशी कम्पनीलाई कर नलगाउने हो भने हामी भारतमा मात्रै २ अर्बभन्दा बढी मूल्यको बियर निर्यात गर्न सकिन्छ ।’
प्रवन्ध निर्देशक खड्काले भने, ‘स्वदेशको आर्थिक भारलाई कम गर्नको लागि लागिपरेका व्यवसायीलाई नचाहिने आरोप लगाएर खेद्ने चलन कदापी पनि राम्रो होइन, यस्तो स्थितिमा तथ्यहिन समाचार लेखेर हतोत्साहित बनाउनु भनेको पित पत्रकारिता हो ।’
उनले आफू १२ वर्षको उमेरमा रोजगारीको लागि भारत गएको स्मरण गराउँदै भने, ‘त्यहाँ केही समय बिताएँ, त्यसपछि आँफैले कम्पनी खोलेर बसें, भारत सरकारलाई आर्थिक बृद्धिमा सघाउ पुर्याएँ, भारतमा नेपालीहरू भाडा माझ्नेमात्रै काम गर्छन भन्ने कुरामा सत्यता छैन्, भारतमा बसेर धेरै नेपालीहरुले स्वरोजगार र व्यवसायमार्फत भारत सरकारलाई आर्थिक रुपमा माथि उठाउने काम गरेका छन ।’
कम्पनीका चार्टर एकाउण्टेन्ट सुधिर शर्माले राज्यलाई बुझाउन कुनैपनि राजश्व बाँकी नरहेको र वद्नियत तरिकाले संस्थालाई वेइज्जत गर्न खोजेको स्पष्ट पारे ।
नेपालमा उत्पादित नयाँ बियर कम्पनी टेन्सवर्ग वियरले यतिवेला नेपालि वजारमा राम्रो व्यापार गर्न थालेको छ ।
करिव १ अर्वभन्दा बढिको लगानीमा सुरु गरेको टाईगर ब्रुअरी ईन्डष्ट्रिज प्रा.लिले उच्च गुणस्तरका वियर नेपाली वजारमा पठाउन थालेको छ ।
कम्पनीले नेपालमा विदेशी वियरको आयात कम गरी भारत लगायतका माग वढि हुने देशमा वियर निर्यात गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक खड्काले जनाए ।
रुपन्देहीको फर्सा्टिकटमा करिव ५ विघा क्षेत्रफलमा रहेको कम्पनिले मासिक ३ लाख काटुन वियर उत्पादन गर्ने खड्काले जानकारी दिए । नेपालको ७५ जिल्लामै खपत हुने टेन्सबर्ग बियरलाई नेपाली बियर ब्राण्डको रुपमा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य टाईगर ब्रुअरीले लिएको निर्देशक खड्काले बताए ।
बजारमा पाईने अरु बियरको तुलनामा टेन्सवर्ग बियर उच्च गुणस्तरिय तथा सस्तो भएकाले पनि नेपालमा यसको माग बढ्न थालेको कम्पनीको दाबी छ ।
टाईगर ब्रुअरीले टेन्सबर्ग, लन्डन आईस र नेपाल टाईगर गरी तीन प्रकारका वियरहरु उत्पादन गरी वजारमा ल्याइसकेकोे छ । नेपालमा विद्युत, कच्चा पदार्थजस्ता वस्तुहरु व्यवस्थित र सुलभ वनाइृदिने हो भने यस्ता उद्योगहरुले नेपाली वजारमा मात्रै नभएर विदेशी वियरसँग पनि प्रस्तिप्रर्धा गर्नुका सार्थै कामको लागि दिनहुँ विदेशिने हजारौ नेपालीलाई स्वदेशमै राजगारीको सम्भावना खड्काको विश्वास छ ।
















प्रतिक्रिया