५ कार्तिक २०८३, बिहिबार

माघ ८ गते संविधान आउने आश अब नगरे हुन्छ: गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-gagurel

भक्तपुर, ११ कात्तिक । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले माघ ८ गते संविधान आउने आश नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

नेकपा–माओवादी भक्तपुर जिल्ला कमिटीले मंगलबार सूर्यविनायकमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “संविधान माघ ८ गते आउँछ भन्दै तीन दलले जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्, माघ ८ गतेको आश अब नगरे हुन्छ, यस्तो नाटकले संविधान बन्दैन ।”

संविधान ल्याएमा यस्तो संविधानलाई एमाओवादी र मधेसवादी दलले माने पनि आफ्नो पार्टीले नमान्ने बताउनुभयो ।

देश विकासका लागि नयाँ आन्दोलनको आवश्यकता रहेको बताउँदै उहाँले शान्तिपूर्ण वार्ताबाट निकास ननिकालिए आफूहरु आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले देशको आदर्श र सपना ध्वस्त पार्दै नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाउनुभयो ।