१० मंसिर २०८३, बिहिबार

राप्रपाद्वारा सरकारसँग वार्ता गर्न गठित समिति भंग, अब देउवाको सरकारमा नजाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न गठित समिति भंग गरेको छ ।

मन्त्रिपरिषद विस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि राप्रपाका अध्यक्ष कमल थापाको निर्देशनमा महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठित ३ सदस्यीय वार्ता समिति बुधबार भंग गरिएको राप्रपाका मुख्य सचिव विशेश्वर शर्मा सुवेदी विज्ञप्तिमार्फत जनाएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले उपप्रधान मन्त्रीसहित पाँच मन्त्रालय मागेका थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानबाहेक चार मन्त्रालय दिने बताएका थिए । मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि राप्रपाविना प्रधानमन्त्री देउवाले बुधबार सरकार बिस्तार गरेका छन् ।