मोरङ, ११ कात्तिक । सोमबार साँझ माटोको ढिस्कोले पुरिएर मोरङको सिसबनी बडहरा वडा नं २ मा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको अवस्था उद्धार गरिएका ५० वर्षीय हरिनारायण चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
माटोको ढिस्कोले पुरिएको अवस्थामा स्थानीयले फेला पारेका चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र त्यहाँ उनको मृत्युभएको हो ।















प्रतिक्रिया