– आकाश देबकोटा
बाँके, १० साउन । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुका लागि दुईदिने अभिमुखिकरण मङ्गलबारदेखि नेपालगन्जमा सुरु गरेको छ ।
अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गरे । उनले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दावी गर्दै प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अभिमुखिकरण कार्याक्रममा बोल्दै गौतमले भने– ‘नेपाली काग्रेस र सत्ताधारी पार्टीहरुले नेपालको संविधानलाई मान्छु भन्ने कहिले मान्दिन भन्ने आफूलाई मधेशवादी भन्ने पछि पूर्ण गठन भएका राजपाका नेताहरुले तराई मधेशबाट नेकपा एमालेलाई समाप्त गर्न घोषणा गरेका थिए त्यसको जवाफमा जनताले पहिलो र दास्रो चरणको निवाचनमा एमालेलाई पहिलो पार्टी बनाए ।’
एमालेलाई हिमाली क्षेत्र र पहाडी क्षेत्रको मात्र पार्टी हो भन्नेलाई दास्रो चरणको निवाचनमा जनताहरुले देखाइदिएको गौतमको भनाई छ । एमाले कुनै एक क्षेत्रको पार्टी नभई सम्पूर्ण नेपाली पार्टी भएको उनले स्पष्ट पारे ।
अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट र प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोख्रेल र छबिलाल बिश्वकर्मा लगायतका नेताहरुको सहभागिता रहेको छ ।
एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जननिर्वाचित पदाधिकारीलाई विकास र जनसेवाका लाग्न मार्गनिर्देशन गरेर जिल्लामा पठाईने बताए ।
अभिमुखिकरणमा बिषयबिज्ञको रुपमा नेपाल राष्ट्र बैङ्कका पुर्ब गर्भनर डा. युवराज खतिवडा, स्थानीय तह पुनसंरचना आयोगका अध्यक्ष बालानन्द शर्मा, भूकम्प पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख सुशील ज्ञवाली, पूर्ब नगरप्रमुख डोरमणी पौडेल, अधिबक्ता रमेश बडाल लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । समापन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।
अभिमुखिकरणका प्रत्येक तहबाट निवाचित दुईजना जननिवाचित प्रतिनिधीहरुको सहभागिता रहेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख पराजित भएका स्थानबाट वडा अध्यक्षहरुको सहभागिता गराइएको छ । अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सहभागिता रहेको छ ।












प्रतिक्रिया