५ कार्तिक २०८३, बिहिबार

काँग्रेस म्याग्दीको भवन बनाउन २७ लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

म्याग्दी, ११ कात्तिक । नेपाली काँग्रेस म्याग्दीको पार्टीको भवन निर्माण गर्न २७ लाख ५० हजार रुपैंया संकलन भएको छ ।

भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले तिहारमा आयोजना गरेको देउसीभैलोबाट यो रकम संकलन भएको हो । काग तिहारको दिनदेखि सदरमुकाम बेनीबाट सुरु भएको देउसीभैलो पश्चिम म्याग्दीको दरवाङ, बाबियाचौर, सिङ्गातातोपानी, पर्वतबेनीलगायतका स्थानमा खेलिएको नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीको सङ्गमचोकमा काँग्रेसले गत साल करिब ८० लाखको लागतमा घडेरी खरिद गरेको छ । सोही ठाउँमा यस वर्ष भवन निर्माण गर्नका लागि आर्थिक स्रोत संकलन गर्न पार्टीले पहिलोपटक देउसीभैलोको आयोजना गरेको सचिव रेग्मीले बताउनुभयो ।

बिपी स्मृति भवन नामकरण गरिने सो पार्टी कार्यालय निर्माणका लागि देश–विदेशमा रहेका विभिन्न व्यक्तिले आर्थिक सहयोग गरिरहेका र तिहारमा खेलिएको देउसीभैलोबाट थप सहयोग प्राप्त भएको नेपाली काँग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमालले जानकारी दिनुभयो ।