काठमाडौं, ११ कात्तिक । उपत्यकाका सडकमा सवारीको मनपरी रोक्न कडा रुपमा प्रस्तुत हुँदै आएको ट्राफिक प्रहरीले मोबाइल चलाउँदै सवारी हुँइकाउने र हेलमेटको फित्ता नलगाई मोटरसाइकल चलाउने चालकलाई पनि कडा कारबाही गर्ने भएको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले मोबाइलमा कुरा गर्दै सवारी चलाउने मोटरसाइकल चालकलाई जरिवाना जहिल मापसे जस्तै एक घन्टे सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको आजको नागरिक दैनिकमा समाचार छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरेपछि सवारी दुर्घटनाको दर ९० प्रतिशत कमि आएपछि महाशाखाले नयाँ कारबाही थालेको हो । यस्तो व्यवस्थापछि नियम मिच्ने प्रबृत्तिको अन्त्यहुने महाशाखाको विश्वास छ । मोबाइलमा कुरा गर्ने र हेलमेटको फिता नलगाउनेलाई बाध्यात्मक रुपमा कक्षा लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।
















प्रतिक्रिया